काठमाडौँ । आफूलाई धर्मभित्रका विकृति र गलत प्रवृत्तिविरुद्ध आवाज उठाउने अभियन्ता भनेर चिनाउने वेदिका केसी पक्राउ परेकी छन्।
नेपाल प्रहरीको साइबर ब्युरोले बिहीबार केसीलाई पक्राउ गरेको हो।
साइबर ब्युरोका एसपी दिलीप गिरीका अनुसार उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
प्रहरी स्रोतका अनुसार केसीविरुद्ध कथावाचिका राधिका दासीले उजुरी दिएपछि अनुसन्धान प्रक्रिया सुरु गरिएको हो।
