• Thursday 8th of October 2026

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकमा कांग्रेस सांसद सत्तापक्षको लहरमा


  • धनकुटा खबर
  • .

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदैछन् ।मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा बैठक केहीबेर अगाडि शुरू भएको छ ।

बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरू सत्तापक्षको लहरमा बसेका छन्।
मुख्यमन्त्री नियुक्त भएको पाँचौ दिनमै कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖