कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले नेकपा एमालेले अनैतिक चरित्र देखाएको टिप्पणी गरेका छन् ।
कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा प्रस्तुत गरेको विश्वासको मत प्रस्तावमाथिको छलफलमा बोल्दै राईले यस्तो बताएका हुन् ।
एकीकृत समाजवादीका संसदीय दलका नेतासमेत रहेका राईले संसद्को मर्म र गरिमालाई एमालेले समाप्त पार्दै लगेको बताए ।
‘गठबन्धनले सिद्धान्तले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिनु नपर्ने हो । तर हामीले संसद् विघटन र मध्यावधिमा जान नदिन र गठबन्धनको निर्णयले विश्वासको मत दिन लागेको हौं ।’ उनले भने ।
