• Monday 5th of October 2026

बढ्यो पेट्रोल र डिजेलको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको नयाँ मूल्य निर्धारण गरेको हो।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ। यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाइएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य भने प्रतिकिलोलिटर १३१ अमेरिकी डलरले बढेको छ।

नेपाल आयल निगमका अनुसार इण्डियन आयक कर्पोरेसन ले सन् २०२६ जुलाई ३१ मा पठाएको नयाँ खरिद मूल्यसूचीका आधारमा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ १९ पैसा, डिजेलमा ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धनमा १९ रुपैयाँ ६ पैसा लागत बढेर आएको छ। सोहीअनुसार निगमले स्वदेशी बजारमा पनि मूल्य समायोजन गरेको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖