• Monday 5th of October 2026

परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौ । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भट्टराईलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो ।

ब्यूरोका अनुसार उनीविरुद्ध राहदानी ऐन अन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

उनी शाखा अधिकृत हुँदा तिब्बती शरणार्थीहरूलाई गैरकानूनीरूपमा यात्रा अनुमति पत्र जारी गरी मानव तस्करीको सञ्जाललाई सघाएको आरोप छ ।

नेपालमा रहेका शरणार्थी विदेश भ्रमणमा जान गृह मन्त्रालयको सिफारिससहित निवेदन दिए यात्रा अनुमतिपत्र जारी गर्नसक्ने प्रावधान रहे पनि भट्टराईले भारतीय क्याम्पमा रहेका शरणार्थीलाई फर्जी कागजातका आधारमा अनुमतिपत्र जारी गरेको पाइएपछि उनीविरुद्ध मुद्दा चलेको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖