• Thursday 8th of October 2026

बाइकलाई ठक्कर दिएर भाग्दा गाडी नालीमा खस्यो, एकको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । काभ्रेको पनौतीमा मोटरसाइकललाई ठक्कर दिएर भाग्ने क्रममा गाडी बुधबार बिहान नालीमा खस्दा एक युवतीको मृत्यु भएको छ । पनौती नगरपालिका–५ सुन्दरबस्तीमा बा‍.प्र.०३–००१ ज ०२९८ नम्बरको ईलेक्ट्रोनिक गाडीले बा।६४ प १७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा सडक कुनाको नालीमा खसेको हो ।

दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली नगरपालिका–१२ बस्ने २० वर्षीया रमिला बुढाथोकीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको । साथै दुर्घटनामा घाइते भएका गाडी तथा मोटटरसाइकलमा सवार अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै काभ्रेको पनौती नगरपालिका–१० दाहालटारस्थित सडकमा रोकी राखेको बा.७ च ६२७७ नम्बरको बोलेरोमा बा.६५ प ७१३९ नम्बरको स्कुटर ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-७ बस्ने १६ वर्षीय इरोज ताम्राकारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उता रूपन्देहीको तिलोत्तमा नगरपालिका–१ ड्राईभर टोलमा लु.५४ प ५६९३ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका–९ मंगलापुर बस्ने २६ वर्षीय सावन थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी दाङको शान्तिनगर गाउँपालिका५ रतभटुवास्थित सडकमा रा।३ प ४३२५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १४ वर्षीय सुनिल विकको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर हुँदै मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖