• Thursday 8th of October 2026

हिक्मत कार्की – कांग्रेस र माओवादी नमानेपछि केदार कार्कीलाई सहयोग गर्‍यौं


  • धनकुटा खबर
  • .

१ कात्तिक, विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले नेपाली कांग्रेस र माओवादी केन्द्रले सहकार्य गर्न नमानेपछि केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको बताएका छन् ।

प्रदेशमा कुनै पनि दललाई बहुमत नभएकाले आपसमा सहकार्य गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले कांग्रेस र माओवादीले सहकार्य गर्न नमानेपछि कांग्रेसको एक समूहसँग सहकार्य गरेको बताएका हुन् ।

‘कांग्रेसको संस्थापनपष तयार भएन हामीसँग सहकार्य गर्न, हामीलाई स्वीकार्न तयार भएन, माओवादी हामीलाई स्वीकार्न तयार भएन’ उनले भने, ‘जो आउँदा पनि हामी सहयोग गर्न तयार छौं भनेर खुला रुपमा नै भनेका थियौं । अन्तिम दिनमा केदार कार्कीजीले सहयोग माग्नुभयो, हामीले सहयोग गर्‍यौं ।’

उनले आफूहरुले गल्ती नगरेको र संविधान अनुसार नै काम गरेको बताए । ने्ता कार्कीले गल्ती भएको भए सार्वजनिक ठाउँमा उभिएर माफी माग्न तयार भएको पनि बताए । आफूहरुको कदमले प्रदेशमा मध्यावधि निर्वाचन रोकिएको र प्रदेशमा अस्थिरता अन्त्य भएको दाबी गरे ।

सरकार गठनको क्रममा संविधानको धारा १६८ (५) मा पुग्ने परिस्थिति आउनै दिन नहुने पूर्वमुख्यमन्त्री कार्कीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖