• Monday 5th of October 2026

प्रदेश सहभागिताको निर्णय लिने अधिकार राजेन्द्र लिङदेनलाई


  • धनकुटा खबर
  • .

काठमाडौं, २० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले  प्रदेश सरकारको बारेमा निर्णय लिने जिम्मा अध्यक्ष राजेन्द्र लिङदेनलाई दिएको छ ।

आज बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले प्रदेश सभामा सहभागिताका विषयमा आवश्यक निर्णय लिने जिम्मा अध्यक्ष लिङदेनलाई दिएको हो। 

 

बैठकका निर्णयहरूबारे जानकारी दिँदै  लिङ्देनले राप्रपा हालसम्म प्रदेश सरकार निर्माणका सत्ता केन्द्रित गतिविधिमा सामेल नरहेको पनि उनले स्पष्ट पारेका छन । 

 

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको सत्ता समीकरणमा पार्टीको तत्कालै कुनै संलग्नता नभए पनि परिस्थिति फेरबदल भएमा पार्टीले आफ्नो भूमिका तय गर्ने बताए। 

विशेष परिस्थिति सिर्जना भई निर्णय नै गर्नुपर्ने अवस्था आएमा त्यसको सम्पूर्ण अख्तियारी अध्यक्षलाई सुम्पिने निर्णय बैठकले गरेको उनको भनाइ थियो ।
 

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖