• Thursday 8th of October 2026

कांग्रेसका ८ भाइले युद्ध जितेर फुलमाला लगाएपछि हामीले गला जोड्यौंः उद्धव थापा


  • धनकुटा खबर
  • .

काठमाडौं,१ कार्तिक । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका निवर्तमान नेता उद्धव थापाले नेपाली कांग्रेस पुनः एकजुट भएको दाबी गरेका छन् ।

बुधबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै पूर्व मुख्यमन्त्रीसमेत रहेका थापाले थापाले आफ्ना साथीले युद्ध जितेर आएकाले गला मिलाएको बताएका छन् ।

‘नेपाली कांग्रेसबाट ८ भाइ माननीयहरु, दलभित्र झगडा गर्नुभयो, कुण्ठा बोकेर हिँड्नुभयो, संघर्ष गर्नुभयो, अन्तिममा युद्धको मैदानमा पनि पुग्नुभयो, युद्ध पनि जितेर घरमा आउनुभयो, युद्ध जितेर फुलमाला लगाएर आएपछि हामीले गले लगायौं, स्वागत गर्‍यौं’ थापाले भने ।

नेता थापाले एमालेले प्रदेशको स्थायित्वका लागि सरकार बनाउन सहयोग गरेको भन्दै प्रशंसासमेत गरे । उनले मुख्यमन्त्री कार्कीलाई सम्मानका साथ विश्वासको मत दिने बताए । नेता थापाले मुख्यमन्त्रीलाई समर्थन गर्ने एमालेलाई आफ्नो समर्थन कायम राखिराख्न आग्रह गरे । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रबाट जे निर्देशन भए पनि प्रदेशमा आपसमा मिलेर जाने प्रतिवद्धता गरेको भन्दै उनले भने, ‘त्यो लागू होस् शुभकामना दिन चाहन्छु ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖