• Sunday 4th of October 2026

पुर्व क्रिकेटरको घरमा तोडफोड, आगजानीको प्रयास असफल


  • धनकुटा खबर
  • .

ढाका, २१ साउन । बंगलादेशका पूर्व क्रिकेटर तथा अवामी लिगका सांसद शाकिब अल हसनको मागुरास्थित घरमा आक्रमण भएको छ।
 
पूर्वप्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीमा आयोजना भर्चुअल पत्रकार सम्मेलन गरेको केही समय पछि क्रिकेटर शाकिब सहभागी भएको केही घण्टा पछि नै यो घटना भएको हो।
 
शाकिबको घरमा हिजो राति ८ः ४५ देखि ९ः०० बजेको बीचमा आक्रमण भएको थियो। मागुरा सदर प्रहरीका अधिकारी मोहम्मद अब्दुल्लाह अल मामुनका अनुसार केही उपद्रवीहरूले ढुंगा प्रहार गरी झ्यालका सिसा फुटाएका थिए।

ती आक्रमणकारीहरूले पुर्व क्रिकेटर तथा सांसदको घरमा आगो लगाउनेसमेत प्रयास गरेका थिए । उनीहरूले यसका लागि सफ्ट ड्रिंकका बोतलमा पेट्रोल ल्याएको आरोप छ। तर, उनीहरूको आगजनीको प्रयास भने सफल हुन सकेन । प्रहरीले यसवारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले दुई वर्षको अन्तरालपछि बुधबार साँझ करिब ६ः ४५ बजे भर्चुअल माध्यमबाट सर्वसाधारणलाई सम्बोधन गरेकी थिइन्। सम्बोधनका क्रममा उनको क्यामेरा बन्द थियो।
 
हसिनाले २५ मिनेट लामो मन्तव्य राखिन्। यस कार्यक्रममा शाकिब अल हसन, शेख हसिनाका छोरा सजिब वाजेद जोय र पूर्वशिक्षामन्त्री मोहिबुल हसन चौधरी पनि सो भर्चुअल सम्बोधनमा उपस्थित भएका थिए।

आक्रमणको समयमा घर खाली थियो, त्यसैले कोही पनि घाइते भएको खबर छैन। सकिब हाल श्रीलंकामा छन्। घटनापछि प्रहरी परिचालन गरिएको छ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖