• Monday 5th of October 2026

सामुदायिक विद्यालयका शिक्षकहरूको नयाँ तलबमान,कुन श्रेणीका शिक्षकको तलब कति ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ तलबमानअनुसार प्राथमिक तहदेखि माध्यमिक तहसम्मका शिक्षकहरूको मासिक तलब वृद्धि गरिएको छ।

नयाँ तलबमानअनुसार प्राथमिक तह शिक्षकहरूमध्ये तृतीय श्रेणीको तलब ४३ हजार ४ सय २८ रुपैयाँ, द्वितीय श्रेणीको ४८ हजार ३ सय ८७ रुपैयाँ र प्रथम श्रेणीको ६० हजार ८ सय ७४ रुपैयाँ निर्धारण गरिएको छ।

निम्न माध्यमिक (निमावि) तहका तृतीय श्रेणीका शिक्षकले मासिक ४८ हजार ३ सय ८७ रुपैयाँ, द्वितीय श्रेणीका शिक्षकले ६० हजार ८ सय ७४ रुपैयाँ र प्रथम श्रेणीका शिक्षकले ६३ हजार ९ सय ४ रुपैयाँ तलब पाउने भएका छन्।

माध्यमिक तहका शिक्षकहरूको तलब सबैभन्दा बढी रहेको छ। नयाँ व्यवस्थाअनुसार माध्यमिक तह तृतीय श्रेणीका शिक्षकको मासिक तलब ६० हजार ८ सय ७४ रुपैयाँ, द्वितीय श्रेणीका शिक्षकको ६७ हजार ९ सय ७ रुपैयाँ र प्रथम श्रेणीका वरिष्ठ शिक्षकको ७४ हजार ९ सय ५८ रुपैयाँ कायम गरिएको छ।

सरकारले यो तलबमान २०८३ साल साउन १ गतेदेखि लागू हुने जनाएको छ। साथै, शिक्षकहरूले अन्य निजामती कर्मचारीसरह ग्रेड रकम तथा वृद्धि भएको तलबको आधारमा १० प्रतिशत मासिक प्रोत्साहन भत्ता पनि प्राप्त गर्ने अर्थ मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖