• Sunday 4th of October 2026

युगन्डाका राष्ट्रिय फुटबल कप्तानको राजधानीमा नै हत्या


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ साउन । युगान्डाका अन्तर्राष्ट्रिय फुटबल खेलाडी तथा देशको सबैभन्दा ठूलो फुटबल क्लबमध्ये एकका कप्तान डेभिड ओवोरीको हत्या गरिएको छ । 

 

राजधानी कम्पालामा भएको आक्रमण पछि कप्तान ओवरीको मृत्यु भएको स्थानिय प्रहरीले जनाएको छ।

 

युगान्डाको कीर्तिमानी च्याम्पियन क्लब ‘एससी भिल्ला’का कप्तान रहेका २८ वर्षीय ओवोरी मंगलबार कम्पालाको उपनगरमा अज्ञात आक्रमणकारीबाट प्रहार हुदाँ गम्भीर घाइते भएको प्रहरी प्रवक्ता राचेल कावालाले जानकारी दिइन ।

समाचार अनुसार ओवोरीजलाई बाटो हिँड्ने मानिसहरूले अचेत अवस्थामा फेला पारेर नजिकैको अस्पताल पुर्‍याएका थिए। उनलाई अर्को अस्पतालमा सारियो, जहाँ उपचारको क्रममा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए ।

 

‘डेभिड केवल एक फुटबल खेलाडी मात्र थिएनन्, उनी एक नेता र एउटा पुस्ताका लागि प्रेरणाको स्रोत पनि थिए। एससी भिल्लाको कप्तानका रूपमा उनले साहस, विनम्रता र जोशका साथ नेतृत्व गरे। युगाण्डा क्रेन्सको जर्सी लगाएर उनले राष्ट्रको आशा बोकेका थिए,’ युगाण्डा फुटबल संघले एक विज्ञप्तिमा भन्यो।

 

पूर्वी अफ्रिकी मुलुकको राजधानीमा अपराधको बिगबिगी छ र धेरै युगाण्डालीहरूले ‘एक्स’ मा उनको मृत्युप्रति आक्रोश व्यक्त गरिरहेका छन्। उनीहरूले अपराध नियन्त्रण गर्न अधिकारीहरू असफल भएको भन्दै आलोचना पनि गरेका छन्।

 

ओवोरीजको मृत्यु गोन्गोड्योको मृत्यु पछि भएको हो, युगाण्डाको राजधानीमा अन्तर्राष्ट्रिय रग्बी खेलाडी सिड्नी गोन्गोड्योको हत्या भएको केही हप्तामै उनको पनि हत्या भएको हो, प्रहरीका अनुसार गोन्गोड्योको जुन महिनामा कम्पालामा भीडको आक्रमणबाट मृत्यु भएको थियो, जतिबेला उनलाई झुक्किएर चोर ठानिएको थियो।

 

‘दुःखको कुरा, हालैका दिनहरूमा युगाण्डाको खेलकुद क्षेत्रले यस्ता धेरै दुःखद घटनाहरूको सामना गरिरहेको छ, हामी न्याय र दिगो समाधानको अपेक्षा गर्छौं,’ सरकारी निकाय नेशनल काउन्सिल अफ स्पोर्ट्स युगाण्डाले बिज्ञप्तिमा भनेको छ।

 

संसदको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार उपसभामुख थोमस तायेब्वाले अधिकारीहरूलाई देशमा रहेका व्यापक सुरक्षा चुनौतीहरू सम्बोधन गर्न आग्रह गरेकी छिन् ।

 

गत सिजन कप्तानका रूपमा ओवरीले ट्रफी उचाल्दा एससी भिल्लाले युगान्डा लिग उपाधिका लागि गरेको २० वर्ष लामो प्रतीक्षा पुरा गरेको थियो । यो उनीहरूको कीर्तिमानी १७ औँ युगान्डा लिग उपाधि थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖