• Monday 5th of October 2026

सरकारको नियतमा शंका छैन, सुधार गर्नुपर्ने पक्ष छन्, सचेत गराउने काम निरन्तर रहनेछ : मनिष झा


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारले सुधार गर्नुपर्ने केही पक्ष रहेको बताएका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै झाले परिवर्तनका लागि जनादेश पाएको सरकारमा कोही पनि एक्लो नरहेको बताएका हुन्।

रास्वपाका नेता समेत रहेका झाले आफूले शुक्रबार प्रतिनिधिसभामा भनेझैँ सरकारको नियत र आशयमा कुनै शंका नरहेको स्पष्ट पारेका छन्। तर, सरकारको कार्यशैलीमा सुधार गर्नुपर्ने केही पक्ष रहेको उनको भनाइ छ।

झाले लेखेका छन्, ‘हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नैपर्ने केही पक्ष छन्। यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ।’

उनले जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्नेमा जोड दिँदै आफू सरकारको साथमै रहेको समेत बताएका छन्।

झाको यो भनाइ सरकारको कार्यशैलीप्रति आफ्नै पार्टीभित्रबाट आएको निरन्तरको खबरदारीका रूपमा देखिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖