काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
नेपालमा सिंह नै नपाइने भएकाले ऐतिहासिक प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न उपयुक्त हुने उनको तर्क छ ।
ढकालले नाम परिवर्तनसँगै सिंहदरबारको प्रशासनिक कार्यशैली र प्रवृत्तिमा समेत सुधार आवश्यक रहेको बताएका छन् ।
उनका अनुसार केवल नाम परिवर्तन गरेर मात्रै नभई प्रशासनिक केन्द्रको काम गर्ने शैलीमा समेत परिवर्तन आउनुपर्छ ।
