• Thursday 8th of October 2026

कांग्रेस छोडेर राप्रपा नेपाल प्रवेश गरेका कार्की बने महामन्त्री


  • धनकुटा खबर
  • .

राप्रपा नेपालका अध्यक्ष कमल थापाले कास्कीका कृष्ण कार्कीलाई महामन्त्रीको जिम्मेवारी दिएका छन् ।

नेपाली कांग्रेस परित्याग गरि राप्रपा नेपाल प्रवेश गरेका कार्कीलाई अध्यक्ष थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरे ।पोखरामा व्यवसायी र समाजसेवीको पहिचान बनाएका कार्की नेपाली कांग्रेसको महासमिति सदस्य दिए ।

उनी कांग्रेसको बाह्रौं महाधिवेशनमा केन्द्रीय कोषाध्यक्ष पदमा निर्वाचन समेत लडेका थिए । अध्यक्ष थापाले उनलाई पार्टीको महामन्त्रीको जिम्मेवारी दिन पाउँदा खुसी लागेको र कार्कीको प्रवेशले राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖