• Monday 5th of October 2026

देउवालाई एयरपोर्टबाटै पक्राउ गर्न जेनजी युवाको माग


  • धनकुटा खबर
  • .

काठमाडौं । जेनजी आन्दोलन नेपालले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थलबाटै नियन्त्रणमा लिएर निष्पक्ष अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ ।

देउवाको निवासबाट स्वदेशी तथा विदेशी ठूलो परिमाणमा रकम भेटिएको भनी सार्वजनिक भएका विवरणबारे तत्काल छानबिन हुनुपर्ने उनिहरुको माग छ ।

जेनजी आन्दोलन नेपालका विजय शाहले जारी गरेको प्रेस वक्तव्यमा देउवामाथि सार्वजनिक रूपमा उठेका प्रश्नहरूको निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न माग गरिएको छ ।

वक्तव्यमा वाइडबडी, एनसेल, नक्कली भुटानी शरणार्थी र मेलम्चीलगायत विभिन्न प्रकरणको समेत उल्लेख गर्दै दोषी देखिए कानुनबमोजिम कारबाही हुनुपर्ने बताइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖