• Monday 5th of October 2026

किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गरिएको रिटमा आज सुनुवाइ, रिटको पेशी न्यायाधीश ढकालको इजलासमा


  • धनकुटा खबर
  • .

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतमा न्यायाधीश बालकृष्ण ढकालको इजलासमा उक्त रिटको पेशी तोकिएको छ। श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले उनलाई बिना आधार र कारण पक्राउ गरिएको दाबी गर्दै थुनामुक्त गर्न मागसहित रिट दायर गरेकी हुन्।

दीपिका सिंहको जाहेरीका आधारमा व्यक्तिगत गोपनीयतासम्बन्धी कसुरमा श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको थियो। उनलाई बिहीबार अदालतमा उपस्थित गराइएपछि अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको थियो।

आज हुने सुनुवाइबाट श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखिएको हो वा होइन भन्ने विषयमा अदालतले प्रारम्भिक निर्णय गर्नेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖