• Monday 5th of October 2026

सांसद सुनारले अपमान गरे पछि आइजीपी कार्कीले सभामुख भेटदै


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ साउन । संसदीय समितिको बैठकमा आफु माथी दुर्ब्यावहार भएको भन्दै प्रहरी महानिरिक्षक दानबहादुर कार्कीले सभामुख डोलप्रसाद अर्यालसँग भेटघाट गर्दैछन् ।

उनले आज दिउँसो भेटघाटका लागि समय माग गरेको प्रतिनिधिसभाका सभामुख अर्यालको सचिवालयले जानकारी दिएको छ।

केही दिन अघि सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफू माथि गरेको व्यवहारबारे ध्यानाकर्षण गराउन प्रहरी महानिरीक्षक कार्कीले सभामुख अर्यालसँग भेटघाट हुन लागेको हो ।

सांसद सुनारले निर्वाचन प्रहरीको पोसाक खरिदमा भ्रष्टाचारको आरोप लगाउँदै आइजिपी कार्कीमाथि ‘अमर्यादित’ टिप्पणी गरे पछि कार्कीसहित उपस्थित सांसदले सुनारको ब्यवहारको आलोचना गरेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖