• Monday 5th of October 2026

रास्वपाको क्यान्डिडेट क्लबमा आवेदन दिन के–के गर्नुपर्छ ?


  • धनकुटा खबर
  • .

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी स्थानीय तहको निर्वाचनमा योग्य, इमानदार र सक्षम उम्मेदवारहरू छनोट गर्ने प्रक्रियाको पहिलो बिन्दुका रूपमा सोमबारदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गरेको छ।

साउन १३ गते सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेको उपस्थितिमा रास्वपाले ‘क्यान्डिडेट क्लब’ घोषणा गरेपछि आवेदन खुला भएको हो ।

महामन्त्री विपिन कुमार आचार्यले तयार पारेको ‘स्थानीय तह निर्वाचनको लागि उम्मेदवार छनोट रूपरेखा, २०८३’ अनुसार स्थानीय तहको उम्मेदवार बन्न चाहने सम्पूर्ण आकाङ्क्षीहरूका लागि योग्यता, क्षमता र पारदर्शी मूल्यांकनमा आधारित भएर तीन वटा प्रक्रिया अनिवार्य गरिएको छ ।

पहिलो प्रक्रिया अन्तर्गत क्यान्डिडेट क्लबमा आवेदन दिनुपर्छ । उम्मेदवार बन्न कुनै पनि इच्छुक व्यक्तिले क्यान्डिडेट क्लबमा अनिवार्य आवेदन दर्ता गर्नुपर्छ ।

प्रारम्भिक चरणमा आकाङ्क्षीहरूको व्यक्तिगत पृष्ठभूमि, विज्ञता र आधारभूत योग्यताको तथ्याङ्क सङ्कलन र परीक्षण गरिनेछ । रास्वपाले स्थानीय तह निर्वाचनका लागि दुई किसिमको क्यान्डिडेट क्लब गठन गरेको छ ।

जसअन्तर्गत पालिका क्यान्डिडेट क्लब र वडा क्यान्डिडेट क्लब पर्छ । यसमा सहभागी हुन नेपालको संविधान, स्थानीय तह निर्वाचन ऐन, रास्वपाको विधान र स्थानीय उम्मेदवार छनोटका विश्वव्यापी मान्यतालाई आधार बनाई संवैधानिक तथा कानुनी योग्यता, पार्टीको विधान बमोजिमको योग्यता र थप प्रणालीगत योग्यता तथा अनिवार्य स्वघोषणालाई सर्तलाई अनिवार्य गरेको छ।

दोस्रो प्रक्रिया अन्तर्गत लिडरसिप एकेडेमी प्रशिक्षण र तेस्रो छनोट रूपरेखामा आधारित परीक्षण पर्नेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖