• Wednesday 7th of October 2026

चावहिलबाट २१ लाख मूल्य बराबरको धनमाल चोरी


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिलबाट २१ लाख ९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । चावलिह स्थित शान्ति गोरेटोमा राम प्रसाद केसीको घरबाट कोही नभएको अवस्थामा चोरले धनमाल चोरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

राम प्रसादको घरबाट सुनका विभिन्न गहनाहरू, अमेरिकी डलर ३ सय, हिराको टप लगायतका सामान चोरी भएको छ ।

चोरीमा संलग्नहरु फरार छन् । फरार व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖