• Monday 5th of October 2026

प्रधानमन्त्री बालेन शाह मुस्ताङ जाँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह शुक्रबार पोखरा हुँदै मुस्ताङ जाने भएका छन्।

प्रधानमन्त्री शाह पोखरा विमानस्थल हुँदै मुस्ताङ जाने कार्यक्रम रहेको बताइएको छ। यद्यपि, उनी मुस्ताङ किन जान लागेका हुन् भन्नेबारे प्रधानमन्त्री निकटस्थहरूले खुलाएका छैनन्।

प्रधानमन्त्रीसँग उनका केही सल्लाहकार तथा सहयोगीसमेत मुस्ताङ जाने तयारीमा रहेको स्रोतले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्रीसहित केही सदस्य मुस्ताङ जाने र शुक्रबार नै काठमाडौं फर्किने कार्यक्रम छ। उनले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणलाई विशेष रूपमा प्रचार नगर्न आग्रहसमेत गरेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖