काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा महावीर पुनले राष्ट्रिय सभा बैठकका क्रममा आफू निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएकोप्रति असन्तुष्टि जनाउँदै व्यङ्ग्यात्मक भिडियो सामाजिक सञ्जालमा अपलोड गरेका छन् ।
केही पत्रकारले उक्त भिडियोलाई डलरको लोभमा अतिरञ्जित गरेर प्रसारण गरेको उनको आरोप छ ।
साथै उनले राष्ट्रिय सभा बैठक सञ्चालन हुने हलमा एसी नभएका कारण अत्यधिक गर्मी हुने गरेको कारण बैठकमा बस्दाबस्दै आफ्नो आँखा झपक्क भएको उनले बताएका छन् ।
