• Monday 5th of October 2026

म्याग्दीको रुप्से झरना हुँदै जोमसोमतर्फ लागे प्रधानमन्त्री बालेन


  • धनकुटा खबर
  • .

म्याग्दी । निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सवार र सुरक्षाकर्मीको अगुवापछुवा गाडी शनिबार (भदौ ६) दिउँसो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरनाबाट अगाडि बढेको छ ।

मुस्ताङ आउजाउ गर्ने पर्यटक यो झरनामा फोटो/भिडियो खिचेर यात्रा अघि बढाउँछन् । प्रधानमन्त्री बालेन र उनको टिम झरनामा नरोकिई सिधै मुस्ताङ सदरमुकाम जोमसोमतर्फ लागेको छ ।

म्याग्दीको तातोपानीस्थित होटेल न्याचुरल स्प्रिङमा एक घण्टा विश्रामपछि प्रधानमन्त्री बालेन जोमसोमतर्फ अघि बढेका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖