रुपन्देही । कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष र एक वडाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
रास्वपामा प्रवेश गर्नेमा विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी र वडा नम्बर–५ का वडाध्यक्ष अनवर मोहम्मद मुसलमान रहेका छन्। उनीहरू दुवै एमालेबाट लगातार दुई पटक निर्वाचित भएका हुन्।
चौधरी नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ कपिलवस्तुकी जिल्ला उपाध्यक्षसमेत थिइन्। त्यस्तै, मुसलमान नेपाल मुस्लिम इत्तेहाद संगठन लुम्बिनी प्रदेशका उपाध्यक्ष थिए।
दुवैले भदौ ५ गते रास्वपाको सदस्यता लिएका हुन्। उनीहरूको पार्टी प्रवेशसँगै विजयनगर गाउँपालिकाको स्थानीय राजनीतिमा नयाँ समीकरण बन्ने देखिएको छ।
