• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

पूर्व विश्व स्नुकर च्याम्पियन बाल यौन दुर्व्यवहारको मुद्दामा दोषी ठहर


  • धनकुटा खबर
  • .

ग्लास्गो । पूर्व विश्व स्नुकर च्याम्पियन ग्रेम डट दशकौँ अघि दुई बालबालिकामाथि यौन दुर्व्यवहार गरेको मुद्दामा स्कटल्यान्डको एक अदालतबाट दोषी ठहर भएका छन्।

४९ वर्षका डटमाथि सन् १९९३ देखि १९९६ सम्म एक बालिका र सन् २००६ देखि २०१० सम्म एक बालकमाथि अनुचित, अश्लील व्यवहार गरेको दुईवटा अभियोग लगाइएको थियो।

अभियोगपत्रमा उनले बालिकामाथि यौन हिंसा गरेको, निजका अगाडि आफ्नो कपडा खोलेको तथा आफूलाई छुन लगाएको उल्लेख थियो। त्यसैगरी उनले बालकलाई यौनजन्य शब्दहरू भनेको र निजको संवेदनशील अङ्ग छोएको आरोपसमेत लगाइएको थियो।

ग्लास्गोस्थित उच्च अदालतमा चलेको थुनछेक र सुनुवाइपछि सोमबार उनलाई दोषी ठहर गरिएको छ। उनले ती आरोपहरू अस्वीकार गर्दै आएका थिए। उनलाई अर्को महिना सजाय सुनाइनेछ।

प्रहरी स्कटल्यान्डका डिटेक्टिभ इन्स्पेक्टर ग्यारी स्मीलीले सञ्चारकर्मीहरूसँग भनेका छन्, ‘डट एक खतरनाक व्यक्ति हुन्। यो सजायले उनका अपराधबाट पीडित भएकाहरूलाई केही हदसम्म राहत पुग्नेछ भन्ने मैले आशा लिएको छु।’

डटले सन् २००६ मा पिटर एब्डनलाई १८-१४ ले हराउँदै विश्व स्नुकर च्याम्पियनसिपको उपाधि जितेका थिए। उनी सन् २००४ र २०१० मा पनि प्रतियोगिताको उपविजेता बनेका थिए। गत वर्ष यी अभियोगहरू सार्वजनिक भएलगत्तै विश्व व्यावसायिक बिलियर्ड्स तथा स्नुकर सङ्घले उनलाई निलम्बन गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖