काठमाडौँ । सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै मोहम्मद जयन्तीका दिन मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिइएको जनाएको हो।
वि.सं. २०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार मुस्लिम आयोगबाट बुधबार मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएपछि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा शुभकामनासमेत व्यक्त गरेको छ।

