काठमाडौं । रसुवागढी जलविद्युत् केन्द्रभित्र थुनिएका ४ जना कर्मचारीको सकुशल उद्धार गरिएको छ।
उद्धार गरिएकाहरूमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी रहेका छन्।
यसैबीच, टनेलभित्र फसेका अन्य व्यक्तिहरूको उद्धार कार्यलाई थप प्रभावकारी र द्रुत बनाउन अपर त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा उद्धार सामग्रीसहित हेलिकप्टरमार्फत टोली परिचालन गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
खराब मौसमले केही कठिनाइ र ढिलाइका बाबजुद खोज-उद्धारलाई प्राथमिकतामा राखिएको मन्त्रालयको भनाइ छ ।
