• Monday 5th of October 2026

माथिल्लो त्रिशूलीमा फसेका कर्मचारी निकाल्न सुरुङको द्वार खोलिँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । रसुवाको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा मर्मतका क्रममा भूमिगत विद्युत्गृहमा फसेका कर्मचारीलाई बाहिर निकाल्न सुरुङको द्वार खोल्ने काम भइरहेको छ।

भोटेकोसी नदीमा आएको बाढीका कारण ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुगेको छ। बाढीले भूमिगत विद्युत्गृहसम्म पुग्ने ‘केबल टनल’को द्वार पुरिएपछि केही कर्मचारी भित्रै फसेका छन्।

आयोजनाका अनुसार अहिले पुरिएको सुरुङको द्वार खोल्ने कार्य भइरहेको छ। त्यसका लागि नेपाली सेना र दक्ष जनशक्ति परिचालन गरिएको छ भने उत्खननका लागि आवश्यक उपकरणसमेत प्रयोग भइरहेको छ।

सुरुङको द्वार खोलिएपछि भूमिगत विद्युत्गृहमा रहेका कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास भइरहेको आयोजनाले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖