• Tuesday 6th of October 2026

अर्जुन बने एकै खेलमा सर्वाधिक रन बनाउने नेपाली ब्याटर


  • धनकुटा खबर
  • .

एजेन्सी – युवा ब्याटर अर्जुन कुमाल नेपालबाट कुनैपनि अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । मलेसियामा जारी एसिसी यू१९ प्रिमियर कपमा साउदी अरेवियाविरुद्ध अर्जुनले १ सय ११ बलमा १७ चौका र २ छक्कासहित १ सय ४२ रनको सानदार शतकीय इनिङ खेलेका छन् ।

योसँगै उनी नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने इतिहास रचेका छन् । यसअघि नेपालबाट एकै खेलमा सर्वाधिक रन कुशल मल्लको नाममा थियो । कुशल मल्लले केहि साताअघि चीनमा सम्पन्न १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा अविजित रहेका थिए ।

त्यो नै नेपाली ब्याटरले कुनैपनि अन्तर्राष्ट्रिय स्तरमा प्रहार गरेको उच्च रन थियो । अर्जुनले उक्त कीर्तिमान तोडेका हुन् ।

देव खनालले गत फागुनमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय २५ रनको शतकीय इनिङ खेलेका थिए । रोहित पौडेलले २०२२ मा पपुवा न्युगिनीविरुद्ध ओडिआई सिरिजको पहिलो खेलमा १ सय २६ रनको शतकीय इनिङ खेलेका थिए ।

अर्जुनले यसअघि गत फागुनमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेका थिए । अर्जुन नेपालबाट ओपनरको रुपमा यू१९ क्रिकेटमा दुई शतक हान्ने पहिलो खेलाडी समेत हुन् ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३८.५ ओभरमा ३ विकेट गुमाउँदै २ सय ६० रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖