• Sunday 4th of October 2026

राजा ह्याराल्डको निधन पछि हाकोन आठौं राजगद्दीमा, छोरी बन्न सक्ने छिन नर्वेको महारानी


  • धनकुटा खबर
  • .

ओस्लो, १३ भदौ। आफ्ना पिता ह्याराल्ड पाँचौँको निधनपछि हाकोन आठौँ नर्वेको राजगद्दीमा आसीन भएका छन ।

 

बिगत ३५ वर्षसम्म शासन सम्हालेका राजा ह्याराल्डको शुक्रबार बिहान ओस्लोस्थित राष्ट्रिय अस्पतालमा निधन भएपछि हाकोनले नयाँ राजाको रूपमा राजगद्दी सम्हालेका हुन् ।

 

राजा हाकोन नर्वेको राजगद्दीमा आसीन भएसँगै उनकी पत्नी मे मारिट देशकी रानी बनेकी छिन्। भोलि उनीहरूले आफ्नो ५८औँ वैवाहिक वर्षगाँठ मनाउदैँ थिए तर एकदिन अघि नै उनी राजा हुनु परेको छ। दिवगंत राजा ह्याराल्डकी पत्नी रानी सोन्जाले पनि आफ्नो उपाधि कायम राख्ने छिन्।

 

राजा हाकोन आठौं राष्ट्रप्रमुख भएसँगै उनकी २२ वर्षीया छोरी इन्ग्रिड अलेक्जान्ड्रा अब युवराज्ञी मात्रै होइन, नर्वेको राजगद्दीकी उत्तराधिकारी बनेकी छिन्। सन् १९९० मा संविधान संशोधन भए पछि मात्रै महिलाहरूलाई नर्वेको राजगद्दीको उत्तराधिकार प्राप्त गर्ने अधिकार दिइएको हो। यसको अर्थ इन्ग्रिड अलेक्जान्ड्रा १५ औं शताब्दी यता नर्वेकी पहिलो महिला महारानी बन्न सक्छिन्।

 

नयाँ राजाले आफ्ना पिताको उत्तराधिकारी बने पछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकमा हजुरबुवा र बुवाले झै ‘सबै नर्वेका लागि’ भन्ने अभिब्यक्ति घोषणा गरेका छन्। राजा हाकोनले मंगलबार नर्वेको संसद समक्ष राजगद्दी सम्हाल्ने छन् । नयाँ राजा वा रानीले राजगद्दी सम्हाल्दा नर्वेको संविधान र कानुनबमोजिम शासन गर्ने प्रतिबद्धता जनाउँदै संसद भवन अर्थात ‘स्टोर्टिङ’ मा शपथ लिनुपर्ने प्रावधान छ। यो समारोहले नर्वे एक संवैधानिक राजतन्त्र भएको कुरालाई जोड दिन्छ।

 

खासमा दिबगंत राजा ह्याराल्ड अस्पतालमा रगतसम्बन्धी एक दुर्लभ रोगको उपचार गराइरहेको थिए,  उपचारको क्रममा उनको शुक्रवार निधन भएको हो । खासमा दिवंगत राजा एक लोकप्रिय नेतासमेत थिए ।नर्वेको राजसंस्थालाई आधुनिक बनाएको श्रेय उनलाई नै जाने अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन । दोस्रो विश्वयुद्धको समयमा ह्याराल्डको परिवार स्वीडेन पलायनसमेत भएको थियो ।

सर्वसाधारण महिलासँग विवाह गरेर ह्याराल्डले नर्वेको राजपरिवारका लागि एउटा नयाँ नजिर कायम गरेका थिए । युवराज हुँदा एउटा पार्टीमा ह्याराल्डको भेट व्यवसायीकी छोरी सोन्या ह्याराल्ड सेनसँग भएको थियो तर उनीसँग विवाह गर्ने अनुमति पाउन दिबगंत राजाले त्यो बेला ९ वर्ष कुर्नुपरेको थियो किनकी सो अघि नर्वेका कुनै राजाले सर्बसाधारणकी छोरीसँग बिबाह गरेका थिएनन् ।

 

नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरेले ह्याराल्ड पाँचौंको निधन पछि देश  ‘शोक र कृतज्ञतामा एकताबद्ध’ रहेको बताएका छन्। टेलिभिजनमार्फत गरिएको श्रद्धाञ्जली मन्तव्यमा स्टोरेले स्वर्गीय राजाको ‘विरासत जीवितै रहने’ उल्लेख गर्दै दिवगंत राजाकी रानी सोन्जा र राजपरिवारप्रति समवेदना व्यक्त गरेका छन् ।साथै, उनले नर्वेका नयाँ राजा हाकोन आठौं र रानी मेट मारिटलाई उनीहरूको नयाँ भूमिकामा स्वागत पनि गरेका छन् ।

 

उता, ओस्लोकी मेयर एनी लिन्डबोले राजा ह्याराल्डको निधन पछि आफ्नो विवाह रद्द गरेकी छिन्। लिन्डबोले शुक्रबार आफ्ना मंगेतर पाल स्यान्डभिडसँग विवाह गर्ने तय गरेकी थिइन्, जो अन्तिम समयमा रोकिन पुगेको छ ।

 

अहिले राजदरबार नजिकैको स्मृति स्थलमा श्रद्धाञ्जलीस्वरूप फूलहरू अर्पण गरिँदैछन् ।राजा ह्याराल्ड पाँचौँको निधनपछि उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न ओस्लोभरि मानिसहरू भेला भएका छन्। राजदरबार बाहिर दिनभरि नै फूल र श्रद्धाञ्जलीका सामग्रीहरूको ओइरो लाग्ने क्रम जारी छ। अन्य मानिसहरू ओस्लो क्याथेड्रल पुगेका छन्, जहाँ सर्वसाधारणका लागि शोक पुस्तिका राखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖