• Monday 5th of October 2026

कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडक पूर्ण अवरुद्ध


  • धनकुटा खबर
  • .

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र बाढीका कारण सडकको ठूलो हिस्सा भत्किएपछि सवारी आवागमन ठप्प भएको हो।

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिल्लीनारायण पाण्डेका अनुसार कृष्णभीरमा सडकको जग नै खस्किएर भासिएकाले दुवैतर्फबाट सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था छैन।

सडक पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने तथा मुग्लिङ हुँदै काठमाडौँ भित्रिने सयौँ सवारीसाधन र हजारौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्।

प्रहरीका अनुसार सडकको अवस्था गम्भीर रहेकाले तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउन केही समय लाग्न सक्नेछ।

यसैबीच, त्रिशूली र नारायणी नदीमा जलसतह बढ्नुका साथै विभिन्न स्थानमा पहिरो जाने क्रम जारी रहेकाले पृथ्वी राजमार्गमा यात्रा थप जोखिमपूर्ण बनेको छ। प्रहरीले अत्यावश्यकबाहेक यात्रा नगर्न तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖