• Monday 5th of October 2026

त्रिशुलीमा पानीको सतह बढ्यो, काठमाडौं-मुग्लिन सडक बन्द


  • धनकुटा खबर
  • .

काठमाडौं, भदौ १४ । रसुवा क्षेत्रमा पुनः बाढी आएको सूचना प्राप्त भएपछि प्रहरीले नदी तथा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

यसैबीच, काठमाडौं–मुग्लिन सडकखण्ड तथा नारायणगढबाट पोखरा जाने र पोखराबाट नारायणगढतर्फ आउने सबै प्रकारका सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्म पूर्णरूपमा बन्द गरिएको चितवन प्रहरीले जनाएको छ।

चितवन जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै बाढी तथा पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राखी नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई सुरक्षित रहन आग्रह गरेको हो।

प्रहरीले सम्भावित जोखिमबाट जोगिन नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा सुरक्षा सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖