• Monday 5th of October 2026

सुनको भाउमा एकैदिन ९ हजार ५ सय रुपैयाँको गिरावट, चाँदी पनि घट्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। सुनको भाउ एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घटेर प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि पनि सुनको मूल्य लगातार घटेको थियो। गत शुक्रबार प्रतितोला २ हजार ४ रुपैयाँ तथा बिहीबार १ हजार २ सय रुपैयाँले सुनको मूल्य घटेको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १ सय ८५ रुपैयाँ घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँ थियो।

यसअघि गत माघ १५ गते सुनको मूल्य एकैदिन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो।

त्यसैगरी, गत माघ १५ गते चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो। यो पनि नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च मूल्य हो। गत माघ १८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै ठूलो दैनिक गिरावट मानिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖