• Monday 5th of October 2026

भोटेकोसी बाढीले क्षति पुर्‍याएको त्रिशूली–३ ‘ए’ को सुरुङको मुख भेटियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । भोटेकोसी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याएको ६० मेगावाट क्षमताको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको मुख फेला परेको छ।

प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार आयोजनाको सुरुङको मुख भर्टिकल होलभन्दा करिब ८ मिटर तल फेला परेको हो।

उनका अनुसार सुरुङको मुख आयोजनाको संरचनाबाट करिब ४० मिटर अपस्ट्रिम क्षेत्रमा भेटिएको छ।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा बाढीपछि ४२ जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली तथा विदेशी प्राविधिक टोली परिचालन गरिएको छ।

सुरुङको मुख फेला परेसँगै सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्य अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖