• Monday 5th of October 2026

कृष्णभीरमा पहिरोका कारण सडक अवरुद्ध, काठमाडौँ जाने यस्ता छन् वैकल्पिक सडक


  • धनकुटा खबर
  • .

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको सडक पूर्ण रूपमा अवरुद्ध भएपछि अत्यावश्यक कामकाजका लागि काठमाडौँ आवतजावत गर्ने सवारी साधनका लागि वैकल्पिक सडक प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ।

साना तथा मझौला चार पाङ्गे सवारी साधनहरूले फिस्लिङ हुँदै आग्रीडाँडा, तोमनडाँडा, बनटार, दलभञ्ज्याङ, रानिस्वारा, ठुलोदर्बुङ, दर्बुङफाँट र सिउरेनीटार हुँदै बेनिघाट निस्कने करिब ३२ किलोमिटरको सडक प्रयोग गरी काठमाडौँको यात्रा गर्न सक्नेछन्। यो सडक गुगल म्यापमा देखाइए बमोजिम प्रयोग गर्न सकिनेछ।

यस्तै मोटरसाइकलका लागि मझिमटार अगाडिबाट ज्यामिरेघाटको झोलुङ्गे पुल, सिउरेनीटार र बेनिघाट हुँदै काठमाडौँ जान सकिने व्यवस्था रहेको छ।

त्यसैगरी कास्की, लमजुङ र तनहुँतर्फबाट काठमाडौँ जाने सवारी साधनका लागि गोरखा सदरमुकाम, बुंकोट, नाम्जुङ, फुजेल र दर्बुङ्-सिउरेनीटार हुँदै बेनिघाट निस्केर काठमाडौँतर्फ जाने वैकल्पिक बाटो प्रयोग गर्न सकिनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖