• Monday 5th of October 2026

बाढीको ६ दिनपछि क्षतिग्रस्त जलविद्युत् आयोजनाको निरीक्षण गर्न रसुवा जाँदै ऊर्जामन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ भोटेकोसी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना क्षेत्रको निरीक्षणका लागि सोमबार रसुवातर्फ प्रस्थान गर्दै छन्। बिहान ९ बजे काठमाडौँबाट निस्कने मन्त्री श्रेष्ठ नुवाकोट हुँदै रसुवा पुग्नेछन्।

मन्त्री श्रेष्ठले सुरुमा स्थलमार्गबाट नुवाकोट पुगेर प्रभावित क्षेत्रमा भइरहेको उद्धार र राहतको अवस्थाबारे जानकारी लिने कार्यक्रम छ। सो क्रममा विद्युत् सेवा अवरुद्ध भएका क्षेत्रमा वैकल्पिक ऊर्जा (सोलार) व्यवस्थापनका उपायबारे पनि छलफल हुने मन्त्रीको सचिवालयले जनाएको छ।

नुवाकोटको बट्टारस्थित क्याम्पबाट मन्त्री श्रेष्ठ हेलिकप्टरमार्फत रसुवा जानेछन्। त्यहाँ उनले बाढीग्रस्त जलविद्युत् आयोजनाको सुरुङमार्गमा भइरहेको उद्धारको अवस्था, देखिएका कठिनाइ र क्षतिको विस्तृत विवरण लिनेछन्।

रसुवाको निरीक्षणपश्चात् नुवाकोट फर्किएर उनले नेपाली सेनाको एकीकृत उद्धार शिविरको अवलोकन गर्नुका साथै सुरुङमार्गमा फसेका कर्मचारीका परिवारसँग भेटघाट गर्नेछन्। साथै, नुवाकोटमै नेपाल विद्युत् प्राधिकरणको टोलीसँग छलफल गरी उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक निर्देशन र सहजीकरण गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖