• Monday 5th of October 2026

भोटेकोशी बाढी : उद्धारमा खटिएका सुरक्षाकर्मी, कर्मचारी र स्वयंसेवीको प्रधानमन्त्रीद्वारा प्रशंसा


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार तथा राहतमा खटिएका सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, स्वयंसेवी संस्था र आम नागरिकको प्रशंसा गरेका छन्।

बाढी आएको छैटौँ दिनसम्म पनि आफ्नो ज्यानको समेत प्रवाह नगरी उद्धार तथा राहत कार्यमा खटिएका सबैप्रति प्रधानमन्त्री शाहले सोमबार सामाजिक सञ्जालमार्फत आभार व्यक्त गरेका हुन्।

उनले विपद्का बेला देखाइएको धैर्य, साथ, सहयोग र समन्वयका लागि धन्यवाद दिँदै प्रदेश तथा स्थानीय सरकारले संघीय सरकारलाई गरेको सहयोग महत्त्वपूर्ण रहेको बताएका छन्। मित्रराष्ट्र, स्वदेशी तथा विदेशी संघसंस्था, सञ्चारमाध्यमलगायत विभिन्न सरोकारवालाले देखाएको सद्भाव र सहयोग पनि प्रशंसनीय रहेको उनको भनाइ छ।

सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिँदै राहत संकलन तथा वितरणलाई प्राथमिकतामा राखेको जनाएको छ।

हालसम्म प्रभावित क्षेत्रबाट ११ हजार ३७९ जनाको उद्धार गरिएको तथा ३ हजार ९२५ जना अझै सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ।

प्रधानमन्त्री शाहले उद्धार तथा राहतमा खटिएका सबै निकायसँग नियमित समन्वय गर्दै आवश्यक जानकारी लिइरहेको जनाउँदै प्रभावित नागरिकको पुनःस्थापनाका लागि समेत सरकारले आवश्यक तयारी अघि बढाएको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖