• Monday 5th of October 2026

सम्बोधन लगत्तै संसद्‌बाट बाहिरिए प्रधानमन्त्री शाह


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीले पुर्‍याएको क्षति तथा सरकारले गरेको उद्धार प्रयास र राहतबारे प्रतिनिधि सभा बैठकलाई जानकारी गराएका छन् ।

शाहले बुधबारको प्रतिनिधिसभा बैठकमा भोटेकोशी विपत्तिबारे सदनलाई विशेष सम्बोधन गर्दै जानकारी गराएका हुन् ।

उनले करिब ३० मिनेट गरेको सम्बोधनमा बाढीको सूचना आएदेखि यता सरकारले गरेका काम कारबाहीबारे जानकारी गराएका हुन्।

सम्बोधन सके लगत्तै प्रधानमन्त्री शाह संसद् भवनबाट बाहिरिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖