• Monday 5th of October 2026

त्रिशूली–३ ‘ए’ अपडेट : सुरुङभित्र उद्धार टोली करिब १० मिटर अघि बढ्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका लागि खटिएको नेपाली सेना र सशस्त्र प्रहरीको टोली सुरुङको माथिल्लो भागतर्फ करिब १० मिटरभित्र प्रवेश गरेको छ।

उद्धार टोलीले ब्लास्टिङ गरी हटाइएको ढुंगा तथा अन्य अवरोध एक्स्काभेटरको प्रयोगमार्फत पन्छाउँदै अगाडि बढिरहेको छ। टोली सुरुङको भुइँ तहसम्म पुग्न नजिक पुगेको जनाइएको छ।

यसअघि उद्धार टोलीले सुरुङको मुख्य भागमा प्रवेश गरी अवरोध हटाउने र ब्लास्टिङ गर्ने काम अघि बढाएको थियो।

उद्धार कार्य जारी रहेकाले सुरुङभित्र रहेका व्यक्तिको अवस्थाबारे भने अहिलेसम्म यकिन जानकारी प्राप्त भएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖