• Thursday 8th of October 2026

गगनले किन दिए कांग्रेस फुटाउने चेतावनी ?


  • धनकुटा खबर
  • .

काठमाडौं, २ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब पार्टीले निर्वाचन अघि गठबन्धन गर्न नहुने बताएका छन् । आज (बिहिबार) प्रेस युनियनको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०८४ को निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने र गठबन्धन गर्न खोजे पार्टी एक रहने कुराको कल्पना गर्न नसकिने बताए ।

‘०८४ सालमा चुनावमा जाँदैगर्दा हामी अब गठबन्धनमा जाँदैजादैनौं । कसैले कल्पनानै नगरे हुन्छ । गठबन्धन गरेर जान्छु भन्यो भने त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहने कुराको कल्पना नगरे हुन्छ,’– उनले भने ।

साथै, पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको नाममा बन्द कोठामा बसेर अपवित्र साठगाँठ गरेको उनको आरोप छ

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖