• Monday 5th of October 2026

बाढीमा फसेका आफन्तहरुको खोजी नगरिदिएको गुनासो गर्दै माइतीघरमा धर्ना


  • धनकुटा खबर
  • .

काठमाडौं । १३ दिनसम्म पनि रसुवा बाढीमा फसेका आफन्तहरुको खोजी नगरिदिएको गुनासो गर्दै आफन्तहरुले माइतीघरमा धर्ना दिएका छन् ।

गत १० भदौमा आएको बाढीपछि हराएका त्रिशूली ३ बी मा कार्यरत आफन्तहरुको खोजीको माग गर्दै आफन्तहरु काठमाडौं आइपुगेका हुन् ।

‘कति दिन घरमा बसेर कुर्ने ? ’, ‘कति दिन घरमा बसेर रुने ?’ जस्ता प्लेकार्ड बोकेर उनीहरुले माइतीघरबाटै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖