• Monday 5th of October 2026

देउवा आज बाढी प्रभावित नुवाकोट जाँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज बाढी प्रभावित क्षेत्र नुवाकोट जाने भएका छन् ।

बाढीपीडितका लागि राहत सामग्रीसहित स्थलगत निरीक्षणका लागि देउवा आज बिहान ९ बजे काठमाडौँबाट स्थलगत मार्ग हुँदै नुवाकोट प्रस्थान गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

देउवा बिहान ११ बजे नेपाली कांग्रेस नुवाकोटको पार्टी कार्यालय पुग्नेछन् । त्यहाँ उनले पार्टीका नेता–कार्यकर्तासँग बाढीबाट भएको क्षतिबारे जानकारी लिने कार्यक्रम छ ।

त्यसपछि उनले विदुर नगरपालिका–स्थित ढुङ्गे क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको स्थलगत अवलोकन गर्नेछन् । त्यसलगत्तै देवीघाट पुगेर बाढीबाट भएको क्षतिको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

नुवाकोटको स्थलगत निरीक्षण तथा पार्टी नेता–कार्यकर्तासँग छलफलपछि देउवा आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖