काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदसमेत रहेका इन्जिनियर श्रीराम न्यौपानले चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्रबाट बाहिर चिसो हावा आएको र भित्र आवाज गएको जानकारी प्राप्त भएको बताएका छन्।
उनले केही बेरअघि नेपाली सेनाको उद्धार टोलीबाट प्राप्त जानकारीअनुसार करिब १०५ मिटर भित्रबाट बाहिरपट्टि चिसो हावा आएको र हावा दोहोरो बहाब भएको पाइएको बताएका हुन्।
उनले अगाडि भनेका छन्, ‘भित्र आवाज गएको र इको आएको जानकारी प्राप्त भएको छ।’
यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा कर्मचारी तथा मजदुर फसेको आशंकामा नेपाली तथा विदेशी विज्ञसहितको टोलीले खोज तथा उद्धार प्रयास गरिरहेको छ।
