• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

ओमान ६० रनमै अलआउट, नेपालले युएईसँग फाइनल खेल्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल एसीसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा नेपालले ओमानलाई ८७ रनले हराउँदै फाइनमा स्थान बनाएको हो ।

नेपालले दिएको १४८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान १८.१ ओभरमा ६० रनमै अलआउट भयो । ओमानका लागि जतिन्दर सिंह २५ तथा जितेन रमानन्दीले १३ रन बनाए । उसका पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओमानलाई सस्तैमा समेट्न सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन–तीन तथा ललित राजवंशी र रोहित पौडेलले दुई–दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल ४५.४ ओभरमा १४७ रनमै अलआउट भएको थियो । दीपेन्द्र सिंह ऐरीले ५१ तथा बसिर अहमदले ४७ रनको योगदान दिए । 

नेपालले अब उपाधिका लागि युएईसँग खेल्नेछ । युएईले हङकङमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ । फाइनल खेल शनिबार हुनेछ । उपाधि जित्ने टोलीले २०२७ मा बंगलादेशमा हुने एसिया कपमा स्थान बनाउने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖