काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।
मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष आफ्नो पदबाट राजीनामा बुझाएकी हुन् ।
उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको उनको सचिवालयले जनाएको छ ।
राजीनामा दिएपछि यादवले आफ्नो कार्यकालमा मन्त्रालयको जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राप्त सहयोग, सहकार्य र सद्भावका लागि सम्बन्धित सबैप्रति आभार व्यक्त गरेकी छन् ।
