काठमाडौं । इन्धन आपूर्ति सहज बनाउन नसकेको तथा उद्योगीलाई ‘पाता कस्ने’ अभिव्यक्ति दिएर विवादमा परेकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव राजीनामा दिएपछि रुँदै मन्त्रालयबाट बाहिरिएकी छन् ।
बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएलगत्तै मन्त्रालय पुगेकी यादव आँखाभरि आँसु पारेर बाहिरिएको मन्त्रालयमै रहेका नेपालप्रेसकर्मी उमेश कार्कीले बताएका छन् ।
मन्त्रालयबाट बाहिरिने क्रममा यादवले सञ्चारकर्मीका प्रश्नको जवाफ भने दिइनन् ।
तत्कालीन श्रममन्त्री दीपक साह विवादमा परेपछि राजीनामा दिएर रिक्त भएको मन्त्रालयमा साटफेरमार्फत यादव नियुक्त भएकी थिइन् । अन्ततः साहको राजीनामापछि मन्त्री बनेकी यादवले पनि विवादकै बीच राजीनामा दिनुपरेको छ ।
