• Monday 5th of October 2026

रास्वपा सांसद भण्डारीद्वारा उद्योग समितिको सदस्यबाट राजीनामा दिने घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिमोहन भण्डारीले प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै भण्डारीले आम नागरिकले खाना पकाउने ग्याससमेत सहज रूपमा पाउन नसकेको अवस्थामा उपभोक्ता हित हेर्ने समितिमा रहिरहन आफूलाई नैतिक रूपमा उचित नलागेको बताए ।

‘जनताले खाना पकाउने ग्याससमेत पाउन सकेका छैनन् । यस्तो अवस्थामा उपभोक्ताको हित हेर्ने संसदीय समितिमा रहेर काम गर्ने नैतिकता मैले पाइनँ,’ उनले भने ।

सरकार र सम्बन्धित निकायले उपभोक्तासँग प्रत्यक्ष जोडिएको ग्यास अभावको समस्या समाधान गर्न प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाउँदै उनले समितिबाट अलग हुने निर्णय गरेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖