• Monday 5th of October 2026

उद्योगमन्त्री बन्दै दीपककुमार साह


  • धनकुटा खबर
  • .

काठमाडौँ । इन्जिनियर तथा सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाउने तयारी गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार साहलाई उद्योगमन्त्री बनाउने तयारी भएको हो ।

यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि उक्त मन्त्रालय खाली रहेको थियो । मन्त्री बन्ने तयारी भएपछि साह निर्वाचन क्षेत्रबाट काठमाडौँ फर्किएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖