काठमाडौँ। नेपाली कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले पदबाट राजीनामा दिएका छन्। उनी ८ दिन प्रहरी हिरासतमा बसेर शुक्रबार मात्रै हिरासत मुक्त भएका थिए।
पैसा ठगी गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। ठगी गरेको पैसा बुझाएर हिरासत मुक्त भएको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिएका थिए।
अनुशासन समितिको संयोजक नै ठगी गरेर प्रहरी हिरासतमा पुगेपछि आलोचना भएको थियो। आलोचनापछि गुरुङले पदबाट राजीनामा दिएका हुन् ।
आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगन थापाले अनुशासन समितिका संयोजक गुरुङले पदबाट राजीनामा दिएको जानकारी गराएका प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
