• Monday 5th of October 2026

चिलिमे सुरुङबाट लेदो पन्छाउने काम तीव्र, ६० मिटर सफा


  • धनकुटा खबर
  • .

रसुवा । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुप्रिएको लेदो र गेग्रान पन्छाउने काम तीव्र पारिएको छ।

एक्स्काभेटर र ह्विल लोडरको प्रयोग गरी बिहानदेखि नै लेदो हटाउने काम भइरहेको छ। हालसम्म करिब ६० मिटर खण्ड सफा गरिएको छ। यही गतिमा काम भए उपकरणबाट लेदो पन्छाउने कार्य पूरा गर्न अझै करिब तीन दिन लाग्ने अनुमान गरिएको छ।

रास्वपाका सांसद श्रीराम न्यौपानेका अनुसार उद्धार टोलीले म्यानुअल रूपमा सुरुङको माथिल्लो भाग खोतल्ने कामसमेत अघि बढाइरहेको छ। कुल २४० मिटरमध्ये १२० मिटर भाग खोतल्ने काम सम्पन्न भएको छ।

सुरुङभित्रको अवस्था पूर्ण रूपमा यकिन भइनसकेकाले म्यानुअल रूपमा सुरुङ खुलाउन थप दुईदेखि तीन दिन लाग्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖